काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट ५ कानून व्यवसायीहरुले बहस गर्दैछन् ।
सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसका क्रममा आजबाट सरकारी पक्षका वकिलहरुको बहस सकिँदैछ । उक्त मुद्दामा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दैछन् ।
बहसका लागि सभामुख सापकोटा पक्षका कानून व्यवसायीहरुलाई १ घण्टाको समय छुट्टयाइएको छ ।
प्रतितिधि सभा विघटनको मुद्दामा असार ९ गते बुधवारबाट निरन्तर बहस शुरु भएको हो । ४ दिन अर्थात आइतवारसम्म रिट निवेदककर्ताको बहस सकिएको थियो । भने सोमवारबाट सरकारी पक्षको बहस शुरु भएको थियो । सरकारी पक्षलाई बहसका लागि कुल १५ घण्टाको समय दिइएको थियो । जसमा सभामुख सापकोटा पक्षका कानून व्यवसायीहरुलाई समेत समय छुट्टयाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया