‘तेरो आमाको हत्या गरेर खेतमा फालेको छु’ भन्दै हत्याराले फोन गरेपछि…

लोकपथ
1.3k
Shares

काठमाडौं । भारतमा अप्रिय घटना घटेको छ । एक महिलाको हत्यापछि हत्याराले उनको छोरालाई फोन गरेर ‘मैले तेरो आमाको हत्या गरेर खेतमा फालेको छु’ भनेका छन् ।

यस्तो फोन आएपछि अमन तत्काल खेतमा गएका थिए । खेतमा उनको आमा विमला घायल अवस्थामा थिइन् ।

निकै नै कुटपिट र चक्कु प्रहार गरिएको थियो । उनको अवस्था निकै गम्भिर थियो । छोराले हतार हतार उनलाई अस्पताल लगे । तर बाटोमै उनको मृत्यु भएको थियो ।

किन र कसले गरे विमलामथि चक्कु प्रहार ?

विमलाको हत्या गर्ने उनकै जेठाजुका छोरा हुन् । जेठाजुका छोराले नै अमनलाई फोन गरेका थिए ।

विमलाको पहिलो श्रीमानको मृत्यु भएपछि उनले अर्को विवाह गरेकी थिइन् ।

पहिलो श्रीमानको तर्फबाट पाउने  जमिनको विषयमा जेठाजुसँग विवाद चलिरहेको थियो । सोही क्रममा उनी जग्गाको कुरा मिलाउन खेतमा गएकी थिइन् तर उनको चक्कु प्रहर गरि हत्या गरियो ।

आमाको मृत्यु भएपछि अमनले प्रहरीलाई घटनाको जानकारी दिएका थिए । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?