काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुले भेटघाटलाई निरन्तरता दिएका छन् ।
यसअघि पहिलो र दोस्रो चरणको भेटघाट गरेको कांग्रेस महामन्त्री शशांक कोईराला, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य एवम् पूर्व महामन्त्री प्रकाशमान सिंहबीच छलफल शुरु भएको छ ।

केहिबेर अघि महामन्त्री कोइराला र उपसभापति निधि नेता सिंह निवास चाक्सिबारीमा लञ्च मिटिङका लागि पुगेको सिंहका स्वकीय सचिव युपी लामिछानेले लोकपथलाई जानकारी दिए ।

यसअघि पनि नेतात्रयले दुई पटक छलफल गरिसकेका छन् । नेतात्रयको भेटघाटलाई कतिपयले पार्टीभित्र नयाँ संरचना बनाउन लागेको समेत चर्चा गरेका छन् । आजको छलफलमा आसन्न महाधिवेशनको उम्मेद्वारहरुको विषयमा नै छलफल हुने बताइएको छ ।
यसअघि असार ७ गते निधि निवास बानेश्वरमा र असार ११ गते कोइराला निवास महाराजगञ्जमा लञ्च मिटिङ भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया