कक्पिटमा छिर्ने प्रयास विफल भएपछि ‘रन वे’ मा गुडिरहेको विमानबाटै हामफाले युवक

लोकपथ
1.3k
Shares

काठमाडौं । अमेरिकाको लस एन्जलसको एयरपोर्टमा सनसनि मच्चाउने घटना घटेको छ । एक व्यक्तिले विमानको कक्पिटमा जान प्रयास गरेका थिए । आफ्नो प्रयास बिफल भएपछि उनले ‘रन वे’मा गुडिरहेको विमानबाट हामफालेका थिए ।

टक अफलाई तयार विमानबाट हामफाले पछि उनी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज हुनासाथ उनलाई प्रहरी हिरासतमा लगिने अमेरिकी प्रहरीहरुले बताएका छन् ।

यो घटना शुक्रवार रातिको हो । यूनाइटेड एक्सप्रेसको फ्लाइट नं ५३६५ को विमान लस एन्जलसबाट से साल्टा लेक सिटीको लागि उडान भर्ने क्रममा सो घटना भएको थियो । ​

एयरहोस्टेका अनुसार विमान टेक अफका लागि ‘रन वे’ मा आफ्नै गतिमा हिडिरहेको थियो अचानक उनले कक्पिटमा छिर्न प्रयास गरे ढोका नखुलेपछि उनले सर्भिस डोर खोले र आपतकालीन ढोकाबाट हामफालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?