काठमाडौं । दक्षिणकालीमा फेला परेको महिलाको शव पोष्टमार्टमका लागि त्रि.वी शिक्षण अस्पताल पठाइएको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएपछि शव घटनास्थलबाट पोष्टमार्टमका लागि पठाइएको हो ।
“घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएको छ । शव पोष्टमार्टमका लागि पठाएका छौं । शवको सनाखत भएको छैन् ।” इलाका प्रहरी कार्यालय फर्पङ्गिकी कार्यालय प्रमुख सरला गिरीले लोकपथलाई जानकारी दिइन् ।
घटनास्थलमा झोला भेटिएको छ । उक्त झोलामा सिक्री, टप र मेकअपका सामान भेटिएको प्रहरीले जनाएको छ ।
“झोला मृतक महिलाको हो वा होइन भन्ने पक्का भइसकेको छैन् यसबारेमा थप अनुसन्धान गरिरहेका छौं ।” गिरीले बताइन् ।
फेरेन्सिक टोली र तालिम प्राप्त कुकुर घटनास्थल पुगेका थिए ।
दक्षिणकालीको बसपार्क नजिकै रहेको शौचालयमा उनको शव आज फेला परेको थियो । अनुहारमा चोट लागेको अवस्थामा उनको शव फेला परेको थियो ।
यो पनि पढ्नुहोस् : दक्षिणकालीमा एक महिलाको शव फेला, फेरेन्सिक र कुकुरको टोली घटनास्थलमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया