जेष्ठ नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउने मागसहित परेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्ष माथिका वृद्धवृद्धाहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

आज त्यसबारेमा बहस गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले त्यस्तो आदेश दिएको हो ।

सोमवार ६५ वर्षदेखि ७५ वर्षसम्मका वृद्धवद्धा जेष्ठ नागरिकरुलाई समयमानै कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो ।

आज उक्त रिटमा अधिवक्ताहरु कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल, विकास भट्टराई, ज्ञानेन्द्रराज आनन्द र सुरेन्द्र विक्रम केसी लगायतले बहस गरेका थिए ।

निवेदक चिरन्जिवी वासगिरि लगायतले ६५ देखी ७५ वर्षसम्मका नागरिकहरुलाई खोप उपलब्ध गराउन सुप्रवन्ध परमादेश जारी गर्न मागसहित रिट निवेदन दर्ता गरेका थिए ।
त्यसैमा फैसला गर्दै सर्वोच्चले सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै कारण देखाउ आदेश समेत जारी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

६५ देखि ७५ वर्षसम्मका वृद्धवद्धाहरुलाई गत फागुन २३ गतेदेखि पहिलो डोज र जेठ १५ गतेसम्म दोस्रो डोज खोप लगाउने समय रहेको थियो । तर सरकारले त्यस समयाधवीमा विभिन्न बाहानामा खोप लगाउन आलटाल गरेको भन्दै रिट निवेदन दर्ता गरिएको अधिवक्ता पौडेलले लोकपथलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?