छाता ओढेर हिँडिरहेको बेला चट्याङले मानिसलाई छोयो, भयावह दृश्य क्यामेरामा कैद

लोकपथ
6.1k
Shares

काठमाडौं । चट्याङ पर्दा घरभित्रै बस्नु पर्छ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । चट्याङ पर्दा घरबाहिर निस्कियो भने चट्याङ आफूमाथि पर्न पनि सक्छ ।

दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ । उनले आफूमाथि चट्याङ परेको भिडियो तथा फोटो फेसबुकमा पोष्ट गरेका छन् । भिडियोमा देखिए अनुसार म्याकनिल छाता ओढेर हिँडिरहेका बेला उनीमाथि अचानक चट्याङ पर्छ । चट्याङ पर्ने बित्तिकै उनले ओढिरहेको छाता हातबाट झर्छ ।

उक्त भिडियो र फोटोले धेरैलाई स्तब्ध बनायो । कतिले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । कतिले उनी सौभाग्यले बाँचेको भन्दै चिट्ठा खेल्न पनि सुझाए ।

भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?