रोनाल्डोले रचे अर्को कीर्तिमान, इन्स्टाग्राममा पुगे ३०० मिलियन फलोवर

काठमाडौं । पोर्चुगल तथा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले शुक्रवार अर्को कीर्तिमान रचेका छन्।

सामाजिक संजाल इन्स्टाग्राममा ३०० मिलियन फलोवर पुग्ने उनी संसारकै पहिलो व्यक्ति भएका छन्। यसअघि इन्स्टाग्राममा २०० मिलियन फलोवर पुग्ने पनि पहिलो व्यक्ति पनि ग्लोबल आइकन रोनाल्डो नै बनेका थिए।

यसै साता रोनाल्डोले केही अरू कीर्तिमान पनि रचेका छन्। हंगेरीविरुद्ध गोल गर्दा उनी युरो कप इतिहासमै सर्वाधिक गोलकर्ता पनि भएका थिए। त्यस्तै ५ युरो कप संस्करण खेल्ने पहिलो खेलाडी पनि रोनाल्डो बनेका थिए।

यसपाली भने उनले मैदान बाहिर कीर्तिमान रचेका हुन्। उनी विँस्वकै उत्कृष्ट मध्येका एक फुटबल खेलाडी भएसँगै ‘ग्लोबल सेलेव्रिटी’ पनि हुन्।

 

यो पनि : नयाँ दिन, नयाँ कीर्तिमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?