गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटको लागि स्थगित

काठमाडौं । गण्डकी प्रदेश सभको बैठक ३० मिनेटको लागि स्थगित भएको छ ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनको लागि बैठक बसेको थियो ।
बैठक शुरु भएसँगै मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

त्यस्तै पूर्व मुख्यमन्त्री समेत रहेका गण्डकी प्रदेश एमाले संसदीय दलका नेता पृथ्बी सुब्बा गुरुङले सभालाई सम्बोधन गर्दै प्रदेश सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभाको बैठक ३० मिनेटको लागि स्थगित हुने जानकारी गराएसँगै बैठक स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?