स्पोन्सरले राखेको पेयपदार्थको बोतल हटाए जरिवाना तिराउने यूईएफएको चेतावनी

लोकपथ
4.1k
Shares

काठमाडौं । गत मंगलवार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि-म्याच कन्फरेन्समा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकको बोतल हटाउनु नै अभिशाप सावित भएको थियो ।

कोकको बोतल हटाउने क्रममा रोनाल्डोले कोक होइन‚पानी खानुपर्ने बताएका थिए । सोही बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको थियो ।

कोकाकोला हटाएर पानी राख्ने कुरा यतीमै सिमित भएन । फ्रान्सका पाउल पोग्बाले पनि कन्फरेन्समा हेनेकेन बियरको बोतल हटाएका थिए । त्यस्तै, इटालीका म्यानुएल लोकाटेलीले समेत कोकाकोला हटाएर पानी राखेका थिए ।

खेलाडीहरुले स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएले युरोकप फुटबल अन्तर्गत खेलपछिको पत्रकार सम्मेलनको क्रममा स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई आग्रह गरेको छ ।

यूईएफएले स्पोन्सरको बोतल हटाएमा खेलाडी र टिमलाई जरिवाना तिराउने चेतावनी समेत दिएको छ । पछिल्लो पटक खेलाडीहरुले स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएले चेतावनी दिएको हो ।

यो पनि : रोनाल्डोले कोकको बोतल सार्नु नै अभिशाप सावित भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?