रोनाल्डोले कोकको बोतल सार्नु नै अभिशाप सावित भयो

लोकपथ
4.9k
Shares

काठमाडौं । मंगलवार युरोकप २०२० अन्तर्गत पोर्चुगल र हंगेरीबीचको खेलअघिको प्रि-म्याच कन्फरेन्समा रोनाल्डोले आफ्नो अगाडि राखिएका कोकको बोतल हटाएका थिए ।

कोकको बोतल हटाउने क्रममा रोनाल्डोले कोक होइन‚पानी खानुपर्ने बताएका थिए । सोही बोलीका कारण कोका कोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।

त्यसपछि कोकको सेयर बजारमा भारी गिरावट आएको हो । युरोकप २०२० को प्रायोजक रहेको कोकाकोला हरेक प्रि-म्याचका बेला प्रशिक्षक र कप्तान बोल्ने टेवलका अगाडि राख्ने गरिएको छ । रोनाल्डोको उक्त सानो भिडिओ क्लिप क्षणभरमै भाइरल भयो ।

हेर्नुहोस् भिडियो : 

जसले कोलाकोलालाई मार्केट भ्याल्यूमा ४ अर्ब डलरको नोक्सानी व्यहोर्न बाध्य बनायो । ३६ वर्षीय स्टार खेलाडी रोनाल्डोको उक्त बोलीले कम्पनीको मार्केट भ्यालूमा ठूलो तरंग ल्याइदियो । उक्त दिन युरोपमा सेयर बजार शुरु हुँदा कम्पनीको सेयर प्रतिकित्ता ५६.१ डलर थियो ।

रोनाल्डोको बोलीले पत्रकार सम्मेलन सकिने बेलासम्ममा कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५.२ डलरमा झरिसकेको थियो । यो कूल सेयरको १.६ प्रतिशत कमी हो । कोकाकोलाको बजार मूल्य अहिले २३८.३५ बिलियन डलर रहेको छ ।

रोनाल्डोले आलोचना गरेपछि कोकाकोलाले विज्ञप्ति जारी गर्दै खेलाडीका लागि पनि मिल्नेगरी कम्पनीले उपलब्ध गराउने उल्लेख गरेको छ । कम्पनीले भनेको छ‚ ‘सबैको आफ्नै स्वाद र आवश्यकता हुन्छ, खेलाडीहरुका लागि कोकाकोला र कोकाकोलामा जिरो सुगर उपलब्ध गराइन्छ ।’

फुटबल स्टार रोनाल्डो जसले कहिल्यै पनि रक्सी खाएनन् : 

रक्सी नखाने फुटबल स्टार भनेको सुन्दा हरकोहीलाई पत्याउन गाह्रो पर्ला । तर विश्वमा धेरै फुटबल स्टारहरु छन् जसले रक्सी खाँदैनन् । फुटबल क्षेत्रमा कुनै पनि उपाधि या पुरस्कार जितेपछि ‘स्याम्पेन’ खाएर मनाउने चलन छ । विभिन्न सेलिब्रेसन तथा समारोहमा फुटबल खेलाडीहरु सहभागी भएका हुन्छन् ।

ती मध्य एक हुन् रोनाल्डो । रोनाल्डोले कहिल्यै पनि रक्सी खाएनन् । उनले रक्सी किन खाएनन् भन्ने कुराको छुट्टै कारण छ । रोनाल्डोको जन्म पोर्चुगलको फञ्चल, म्याडेइराको एक वस्ती सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५ मा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो ।

Ronaldo's sister posts touching message to late father - AS.com

रोनाल्डो सामान्य परिवारमा जन्मिएका थिए । उनका पिता होजे डिनिस अभेइरो मालीको काम गर्थे र उनलाई रक्सी धेरै खानु पथ्र्यो । धेरै रक्सी खाएकै कारण रोनाल्डोका पिता यस संसारबाट बिदा भए । सोही दिन रोनाल्डोले रक्सी नखाने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?