अनिता ‘पिङ पोङ डिप्लोमेसी’बाट सम्मानित

काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी अनिता महर्जन अन्तराष्ट्रिय टेबल टेनिस महासंघ (आईटीटीएफ) अन्तर्गत ‘पिङ पोङ डिप्लोमेसी’बाट सम्मानित भएकी छिन्।

टेबल टेनिस मार्फत महिला सशक्तिकरणमा उत्कृष्ट भूमिका निर्वाह गरेकी अनिताको कार्यलाई कदर गर्दै ‘आईटीटीएफ’ले उनलाई ‘पिङ पोङ डिप्लोमेसी’द्वारा सम्मान गरेको हो। आफ्नो ५०औं बार्षिकोत्सवको अवसर पारेर ‘आईटीटीएफ’ले अनितालाई सम्मान गरेको हो।

नेपाली महिला टेबल टेनिस खेलाडी अनिताले यसै अप्रिल ६ तारिखमा ‘एनिज पिङ पोङ क्लब’को उद्घाटन गरेकी थिइन्। उनले महिला सशक्तिकरणलाई मध्यनजर गर्दै आफ्नै घरमा ससाना बालिकाहरुलाई टेबल टेनिस सिकाउने निधो गर्दै सो क्लब खोलेकी हुन्।

टेबल टेनिसको लामो यात्रामा उनले धेरै लैंगिक भेदभाव सहनु पर्दा दुःखी भएको बताएकी छिन्। अझै आफूले भोगेको दुःख आउँदो महिला पुस्ताले भोग्नु नपरोस् भनेर उनले आफ्नै घरमा टेबल टेनिसको ट्रेनिङ दिन शुरू गरेकी हुन्।

उनले ‘एरोबिक टेबल टेनिस’ पनि नेपालमा भित्राएकी छिन्। बेलायतबाट शुरू भएको ‘एरोबिक टेबल टेनिस’ नेपालमा पहिलो पटक भित्र्याउन अनिता सफल भइन्। उनी ‘एरोबिक टेबल टेनिस’को ‘ब्र्याण्ड एमबेसडर’ पनि हुन्।

यो पनि- अनिता महर्जन उर्फ एनेलिया एनी स् यसरी पोल्टामा पारिन् लोभलाग्दो सफलता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?