अनिता महर्जन उर्फ एनेलिया एनी : यसरी पोल्टामा पारिन् लोभलाग्दो सफलता

आर्जव घिमिरे/काठमाडौं- अनिता महर्जन नेपाली महिला टेबल टेनिस जगतको निकै पुरानो नाम हो । विगत १५ वर्ष देखि सक्रिय रुपमा टेबल टेनिसमा लागेकी उनले नेपाली महिला टेबल टेनिसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भइसकेकी छिन् ।

नेपाली राष्ट्रिय महिला टेबल टेनिसलाई प्रतिनिधित्व गर्दै अनिताले विभिन्न प्रतियोगितामा भाग लिसकेकी छिन् । अनिताले दक्षिण कोरियामा आयोजित २८ औँ समर युनीभरसैड २०१५, ५ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, ३५ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्दै धेरै सफलता प्राप्त गरिसकेकी छिन् ।

No description available.

वि।सं २०७१ साल देखि विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफसँग आबद्ध भएकी अनिताले विगत ७ वर्ष देखि एपीएफको महिला टेबल टेनिसको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । उनले एपीएफका लागि ३७ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिता, पहिलो राष्ट्रिय ओपन टेबल टेनिस प्रतियोगिता, ७ औँ र ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लगायत अन्य थुप्रै राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा रजत तथा काश्य पदक हासिल गरिसकेकी छिन् ।

उनी सन् २०१९ देखि अल नेपाल टेबल टेनिस क्लबको कोषाध्यक्षको रूपमा पनि अनुबन्धित छिन् । १३ औँ सागमा लियाजन अफिसरको भूमिका निर्वाह गरेकी अनिता कोभिड १९ महामारीमा पुर्याएको योगदानका लागि नेस्नल हिरो अवार्ड कोभिड १९ नेपाल २०१९ मा मनोनित हुन सफल भईन् । तामाङ को अपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट उनले हामी नेपाली ग्लोबल कोभिड १९ हिरो अवार्ड २०२० पनि ग्रहण गरिन् ।

No description available.

निकै समयदेखि आफ्नै टेबल टेनिस क्लब खोल्न उत्सुक रहेकी अनिताको सपनालाई कोभिड १९ को महामारीले पर धकेली रहेको थियो । यस्तो अवस्थामा पनि उनले हिम्मत हारिनन् र आफ्नै घरमा टेबल टेनिस क्लबको सुरुवात गर्ने निष्कर्षमा पुगिन् ।

अनिता आफ्नो परिवार र मित्रजन बीच एनेलिया एनीको नामले चिनिन्छिन् । तर यो नाम यतिमा मात्रै सिमित रहेन । उनको टेबल टेनिस प्रतिको दृढता र समर्पणलाई विभिन्न संचार माध्यमद्वारा ख्याल गरिरहेका विश्व एरोबिक टेबल टेनिसका संस्थापक तथा सीईओ स्टिभ रोईले एनीसँग पार्टनरशिप गर्न चाहेको कुरा व्यक्त गरे ।

अप्रिल ६, २०२१ मा विश्व टेबल टेनिस डे २०२१ को मौका पारी एनीले आफ्नै सामाखुशी स्थित निवासमा एनीज पिङपङ क्लबको उद्घाटन गरिन् । एरोबिक टेबल टेनिस पहिलो पटक नेपालमा भित्राउन एनीसँग अब आफ्नै टेबल टेनिस क्लब पनि छ ।

एनीज पिङपङ क्लबको मुख्य उद्धेश्य टेबल टेनिस सिक्न उत्सुक बालबालिका तथा युवाहरुलाई उच्च स्तरको प्रशिक्षण प्रदान गर्नु हो । स्टिभ रोईसँगको सम्झौता पछि एनीज पिङपङ क्लबमा एरोबिक टेबल टेनिसको शुरुवात पनि भयो । ह्याव फन् किप फिट लर्न टेबल टेनिसको सिद्धान्त सहित स्टिभले सन् २०११ मा लन्डनमा एरोबिक टेबल टेनिसको शुरुवात गरेका थिए ।

सन् २०२१ मा एक दशक पूरा गरेको एरोबिक टेबल टेनिस एनी मार्फत् नेपालमा भित्रियो । टेबल टेनिसमा चाहिने ड्रिल, फुटवर्क ड्रिल, स्याडोविङ सबैलाई संगीतको बिटमा ढालेर एरोबिक टेबल टेनिस सिकाइन्छ ।

एनी भन्छिन्, टेबल टेनिसमा रिदम र टाइमिङ एकदम महत्वपूर्ण हुने हुँदा म्युजिकसँग यसको तालमेल मिलाउन सके यसले टेबल टेनिस सिक्न अझै मदत पुर्याउँछु । एनीको भनाइ अनुसार एरोबिक टेबल टेनिस हाई इनर्जी फिटनेस वर्कआउट र टेबल टेनिसको सामूहिक गठबन्धन हो ।

एनीज पिङपङ क्लब एनीको एक्लो लगानीमा सुचारु भएको हो । फेम्पावर्मेन्ट लाई केन्द्रविन्दू बनाएर इन्टरनेशनल टेबल टेनिस फाउण्डेशन आईटीटीएफ ले यस वर्षको वल्र्ड टेबल टेनिस डे मनाउने क्रममा एनीज पिङपङ क्लबलाई आफ्नो औपचारिक सञ्चार माध्यमद्वारा संसारभर चिनाउन ठूलो मद्दत गर्यो । यो एनी, एनीज पिङपङ क्लब र नेपाल, सबैको लागि ठूलो उपलब्धि हो ।

No description available.

एनीले यसको श्रेय आफ्नो परिवार र गुरु राजेन्द्र बहादुर दुलाललाई दिन चाहिन् । परिवारजन र गुरुले सधैँ आफूलाई टेबल टेनिस खेल्न प्रोत्साहन गरेको भन्दै आउँदा दिनमा आफूले पनि एनीज पिङ्पङ क्लब मार्फत् अनगिन्ती राष्ट्रिय खेलाडी उत्पादन गर्ने सपना बोकेको एनीले बताईन् राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय माध्यमबाट आफ्नो कामको कदर भएको कुराले एनीलाई समय समयमा पिरोल्छ । तर नेपाली टेबल टेनिसलाई नयाँ उचाईमा पुर्याउने एनीको ऐक्यबद्धता बलियो देखिन्छ ।

विगत १५ वर्ष देखि आफ्नो जीवन टेबल टेनिसमा समर्पण गर्दा पनि नेपालीहरुमाझ अनिताको नाम खासै लोकप्रिय भने हुन सकेको छैन । राष्ट्रिय महिला टेबल टेनिस खेलाडी अनिता महर्जनलाई चिन्न नसके पनि नेपाली टेबल टेनिस जगत् की प्रथम महिला उद्यमी एनेलिया एनीलाई चिन्ने समय भने अब आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?