कोपा अमेरिका २०२१ : पेरुमाथि ब्राजिलको शानदार जित

लोकपथ संवाददाता
663
Shares
Brazil’s Neymar, center, celebrates scoring his side’s second goal against Venezuela on a penalty kick with teammates during a Copa America soccer match at the National Stadium in Brasilia, Brazil, Sunday, June 13, 2021. (AP Photo/Eraldo Peres)

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत उत्तरी समूहको खेलमा आयोजक राष्ट्र ब्राजिलले पेरुलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

ब्राजिलको ‘रियो डे जिनेरो’मा भर्खरै सम्पन्न खेलमा साविक विजेता ब्राजिलले गत संस्करणको उप-विजेता पेरूविरुद्ध उत्कृष्ट खेलको नमुना पस्कियो। पहिलो हाफको १२औं मिनेटमा घरेलु टोलीले अग्रता लियो। जिससको पासमा ‘फूल ब्याक’ एलेक्स सान्द्रोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए।

 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा अर्को ३ गोल थप्यो। खेलको ६८औं मिनेटमा ब्राजिलका स्टार खेलाडी नेयमारले शानदार गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। उनले फ्रेडको पासमा ‘डि-बक्स’ बाहिरबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो।

खेलमा अन्तिम मिनेट बाँकि रहँदा ब्राजिलले तेस्रो गोल थप्यो। ८९औं मिनेटमा रिचारलिसनको पासमा एभरटनले गोल गर्दा ब्राजिलले खेलमा ३-० को पकड बनाउन सफल भयो। त्यसपछि खेलको अतिरिक्त समयमा रिचारलिसन आँफैले गोल गर्दै ब्राजिललाई ४-० गोलको फराकिलो अन्तरले जित दिलाए।

यस जितसँगै ब्राजिलको २ खेलमा ६ अंक रहेको छ। उत्तरी समूहमा रहेको बलियो टोली ब्राजिल अंक तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै शुक्रवार बिहान भएको पहिलो खेलमा कोलम्बिया र भेनेजुवेलाले गोलरहित बराबरी खेल खेलेका छन्।

 

यो पनि- आयो ब्राजिल: गर्विलो इतिहास, सशक्त टिम अनि घरेलु मैदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?