एरिक्सनको शरीरमा ‘आईसीडी’ राखिने

काठमाडौं। डेनमार्क तथा इन्टर मिलानका स्टार खेलाडी क्रिस्टियन एरिक्सनको शरीरमा ‘आईसीडी’ राखिने भएको छ।

जारी युरो कप २०२० अन्तर्गत फिनल्याण्डविरुद्ध डेनमार्कको खेलमा एरिक्सन मैदानमा ढलेर अचेत अवस्थामा पुगेका थिए। मैदानमै ‘सीपीआर’ प्रदान गरेर अस्पताल लगिए पछि उनलाई हृदयघात भएको पुष्टि भएको थियो।

एरिक्सनको मुटुको गति अनियमित भएको कारणले त्यसलाई स्थिर बनाउन इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रीलेटर (आईसीडी)को मद्दत चाहिएको डेनिस टोलीका चिकित्सक मोर्टेन बोएसेनले बताएका छन्।

“क्रिस्टियनको मुटुको रिदममा गडबडी भएको कारणले उनलाई हृदयघात भएको हो, त्यस कारण आईसीडीको प्रयोग जरुरी छ”, बोएसेनले बताए। “यस्तो स्थितिमा विश्वभरिकै डाक्टरको सल्लाह पनि यही नै हुन्छ र क्रिस्टियनले यसबारेमा मन्जुरी जताइसकेका छन्”, उनले थपे।

एरिक्सनले फेरि फुटबल खेल्न सक्छन् वा सक्दैनन् भन्ने कुराको निर्णय भने अहिले भइसकेको छैन।

 

एरिक्सनलाई आखिर के भएको थियो त थाहा पाउनको लागि यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?