सूर्या लाइफको नवनियुक्त सीईओ खड्काद्वारा पदभार ग्रहण

लोकपथ
195
Shares

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले कार्यभार सम्हालेका छन् ।

गत जेठ २५ गते बीमा समितिबाट स्वीकृती पाएका खड्काले अजार १ गते मंगलवार (आज) पदभार ग्रहण गरेका हुन् ।

त्यस्तै सोमवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंगलवारदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यसैगरी गत जेठ १३ गते कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ नियुक्तीको लागि बीमा समिति पठाएको थियो । भने समितिले जेठ १५ गते उनलाई आधिकारिक सीईओको नियुक्ती दिएको हो ।

यसअघिका सीईओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि कम्पनीले डेपुटी जनरल म्यानेजर खड्कालाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

कम उमेरमा नै वित्तीय क्षेत्रमा लामो समय बिताइसकेका खड्काले बेलायतबाट चार्टर्ड एकान्टेण्ट अध्ययन गरेका हुन् । साथै उनले हालसम्म नेपाल लाइफ इन्स्योरेन्समा समेत काम गरेको अनुभव रहेको छ । भने हालसम्म खड्कासँग बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।

नवनियुक्त सीईओ खड्काले अब आगामी ४ वर्षसम्म सूर्या लाईफको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?