मैदानमा ढलेका एरिक्सनले अस्पतालबाटै भने- ‘म ठिक छु, स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद’

लोकपथ
325
Shares

काठमाडौं । युरो कप २०२० अन्तर्गत शनिवार राति भएको डेनमार्क र फिनल्याण्डबिचको खेलमा मैदानमा ढलेका डेनमार्कका क्रिस्टियन एरिक्सनले सामाजीक सञ्जालमा आफू ठिक भएको जानकारी दिएका छन् ।

एरिक्सनले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा पोस्ट गर्दै आफू ठिक रहेको बताएका हुन् ।

इन्स्टाग्राममा एरिक्सनले भनेका छन् – ‘हेलो एभ्रिवान। विश्वभरबाट तपाईहरुको पठाउनुभएको माया र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धन्यवाद । म अहिले ठिक छु ।’

खेलको ४२ औं मिनेटमा डेनमार्कले ‘थ्रो इन’ पायो । सोही ‘थ्रो-इन’ रिसिभ गर्न लागैकै बेला एरिक्सन अचानक मैदानमा ढलेका थिए ।

उनको स्वास्थ्य तत्कालै निकै खराब हुँदै गए पछि तुरुन्तै स्वास्थ्य टोली बोलाइएको थियो र करिब १३ मिनेटसम्म उनको उपचार मैदानमा नै गरिएको थियो ।

उनलाई मेडिकल टोलीले एरिक्सनलाई मैदानमै ‘सीपीआर’ (कार्डियो पल्मोनरी रिससिटेसन) लगातार प्रदान गरिरहेको थियो।

यो पनि : नेपालमा भएको साफ च्याम्पियनसिपको याद दिलाउने एरिक्सनको ‘मेडिकल इमर्जेन्सी’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?