नेपालमा भएको साफ च्याम्पियनसिपको याद दिलाउने एरिक्सनको ‘मेडिकल इमर्जेन्सी’

काठमाडौं । युरो कप २०२० अन्तर्गत शनिवार राति भएको डेनमार्क र फिनल्याण्डबिचको खेल फुटबलप्रेमीहरुका लागि बिर्सन नसक्ने क्षण बन्यो । खेलको पहिलो हाफ सकिनै लाग्दा डेनमार्कका मिडफिल्डर तथा स्टार खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा अचानक ढल्न पुगे ।

खेलको ४२ औं मिनेटमा डेनमार्कले ‘थ्रो इन’ पायो । सोही ‘थ्रो-इन’ रिसिभ गर्न लागैकै बेला एरिक्सन अचानक मैदानमा ढले। उनी निकै नै अप्रत्याशित रूपमा मैदानमा ढलेका थिए ।

उनको स्वास्थ्य तत्कालै निकै खराब हुँदै गए पछि तुरुन्तै स्वास्थ्य टोली बोलाइयो र करिब १३ मिनेटसम्म उनको उपचार मैदानमा नै भयो । डेनमार्कका कप्तान तथा रक्षक सिमोन कायरले नायकको भुमिका खेले। उनले एरिक्सनको मुख खोलेर हावा आउन जानको लागि पर्‍याप्त ठाउँ बनाए। कायरले एरिक्सनको ‘मेडिकल ईमर्जेन्सी’को सुइँको पाएर उनलाई आफ्नो जिब्रो निल्न दिएनन्। हृदयघात भएको अवस्थामा यो प्रमुख ‘फस्ट एड’ हो।

यसरी मैदानमा ढलेका थिए एरिक्सन हेर्नुहोस् भिडियो : 

 

मेडिकल टोलीले एरिक्सनलाई मैदानमै ‘सीपीआर’ (कार्डियो पल्मोनरी रिससिटेसन) लगातार प्रदान गरिरहेको अवस्था थियो। मेडिकल टिम मैदानमा आफ्नो शत प्रतिशन दिइरहँदा उनले रेफ्री लगायत अफिसियलसँग कुराकानी जारी राखे। फिनल्याण्डका खेलाडीहरु पनि अन्योलमा देखिए। तर पनि डेनमार्कका खेलाडीहरुसँग मिलेर उनीहरू एरिक्सनको वरीपरी मानव साङ्लो बनाउन लागि परे।

फिनल्याण्डका समर्थक आफ्नो झण्डा लिएर मैदान प्रवेश गरे र फिनल्याण्डको सेतो झण्डा एरिक्सनलाई गोपनीयता प्रदान गर्न पर्दाको रूपमा प्रयोग गरियो । मैदानमा उपस्थित खेलाडी, रेफ्री, अफिसियल तथा समर्थक सबैले आफ्नो भूमिका शानदार तरीकाले निर्वाह गरे।

खेलाडी, अफिसियल र युईएफएको छलफल पछि खेल स्थगित गरियो। दुवै टोलीका सबै खेलाडीले मैदान छाडे। दुवै देशका समर्थकमा आँसुको धारा बग्यो। यद्यपि कोपनहेगनको रंगशालामा उपस्थित १६,००० दर्शकको मुखमा एउटै नाम थियो। एरिक्सन। उनीहरुले यो नाम बारम्बार लिइरहे। उनीहरू लगायत सारा विश्वको प्रार्थना र सोचाइमा त्यस बखत एरिक्सन नै थिए।

एरिक्सनलाई अस्पताल पुर्‍याएको करिब डेढ घण्टा पछि डेनमार्क फुटबल एसोसिएसनले उनलाई होश आएको जानकारी गरायो।फिनल्याण्डका खेलाडीहरुले ताली पिटेर डेनमार्कका खेलाडीहरुको मैदानमा स्वागत गरे। रंगशालामा उपस्थित दुवै टोलीका समर्थकमा अब खेलमा जितको चाहना थिएन। जित अस्पतालमा नै भइसकेको थियो ।

हिजो भएको घटनालाई फुटबल विशलेशकहरुले यस्तो घटना निकै नै ‘रेयर’ हुने गरेको बताएका छन् । यस्तो घटना फुटबल इतिहासमै निकै बिरलै हुने गर्दछ । ‘वीइसल भइसकेको खेल कसरी रोक्न मिल्छ ? खेल रोक्नै पथ्र्यो राम्रो निर्णय, बैकल्पीक खेलाडीलाई मैदान भित्रायर खेल शुरु गर्नुपर्थ्यो ।’ यी सबै हिजो खेलमा घटना भएपछि सामाजीक सञ्जाल फेसबुकमा गरिएका टिकाटिपणीहरु हुन् ।

खेल आयोजक युईएफएले मेडिकल इमर्जेन्सीको कारण देखाउँदै खेल स्थगित गरेको थियो । एरिक्सनलाई मैदानबाट बाहीर लैजाने बेलासम्म उनको अवस्था निकै नै गम्भिर रहेको र उनलाई होस नआएका कारण युईएफएले खेल स्थगित गर्‍यो  । अस्पताल लगिए लगत्तै उनलाई होस आएको खबरपछि मात्रै युईएफएले दुवै टिमको छलफल गरेर खेल शुरु गरेको थियो ।

यस्ता बिरलै हुने मेडिकल इमर्जेन्सीको समयमा नियमको पालना भन्दा पनि त्यतीबेलाको अवस्था हेरेर आयोजक र टीमले निर्णय लिने चलन फुटबल इतीहासमा रहेको छ । सोही अनुरुप आयोजक युईएफएले हिजो खेल स्थगित गर्‍यो र अस्पतालमा एरिक्सन होस आएको खबरपछि दुवै टिमको छलफल गरेर खेल शुरु गर्‍यो ।

एन्फा नेपाल रेफ्री शुदर्शन जमकटेलका अनुसार ‘हेड इन्जुरी’को खण्डमा घाइतेको अवस्था हेरेर खेल स्थगीत गर्न सकिन्छ । ‘मेडिकल इमर्जेन्सी’को समयमा त्यहाँको अवस्था हेरेर नै निर्णय गरिने गरेको उनले बताए ।

रेफ्री जमकटेलले २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपमा भएको घटनालाई सम्झदै भने २०१३ मा पनि यस्तै खाले इन्जुरी भएको थियो ।

‘नेपाल भर्सेस अफगानस्थानको खेलमा पनि यस्तै इन्जूरी केश भएको थियो । जसमा अफगानी खेलाडी मैदानमा लडेका थिए । घाइते भएका खेलाडीलाई एम्बुलेन्समा राखी अस्पलात लगिएको थियो । हिजो युरो कपमा भएको जस्तो जटिल केश त थिएन तर पनि त्यो घटना मेडिकल इमर्जेन्सी मै पर्छ । उक्त खेल घाइते खेलाडीलाई अस्पताल लगिएपछि पुन सञ्चालन भएको थियो ।’ रेफ्री जमकटेलले भने ।

फुटबल खेलमा सधैं जित, उपाधि, मेडल, कप, रमाइलो, उत्साह मात्र हुँदैन । कहिलेकाहीँ खेल्दाखेल्दै घाउचोट लाग्ने, दुर्घटना हुने, स्वास्थ्य समस्याका कारण लामो समय मैदानबाहिर रहनुपर्ने जस्ता अड्चनहरु पनि धेरै आउँछन् खेलाडीको जीवनमा । कतिपय खेलाडीहरुले त खेल्दा खेल्दै मैदानमै ज्यान समेत गुमाएका छन् ।

जसले कुनै काममा आफ्नो सम्पूर्ण जीवन सम्पर्ण गरेको हुन्छ, जसले त्यो काम गर्दा आफूलाई पूर्ण रुपमा जीवित भएको महशुस गर्छ, उसले त्यही काम गर्दा आफ्नो ज्यान गुमाउनुपयो भने अझ, उमेर नै नपुगी, सफलताको फल मज्जाले चाख्नै नपाइ उसको मृत्यु भयो भने नि यस्तो नियति धेरै खेलाडीहरुले भोग्नुपरेको निक्के उदाहरणहर पनि छन् ।

मिक्लोस फेहर : 

२४ वर्षीय मिक्लोस बेनिफिकाका लागि भिट्टोरिया डि गुइमारासको बिरूद्ध मैदानमा खेलिरहेको बेला उनको मृत्यु भएको थियो । खेल दौरान उनी मैदानमा बज्जारीए र केहि समयपछि आफ्नो प्राण त्यागे । उनको मृत्यु २५ जनावरी २००५मा भएको थियो ।

मार्क-भिभिएन फोई : 

फोई फ्रान्समा भएको कोलम्बिया बिरूद्ध क्यामरूनको खेलेमा क्यामरूनको प्रतिनिधित्व गर्दै खेल्दै थिए तर उनी अचानक भुईमा लडेर उनको मृत्यु भयो । हृदयघातका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको थियो । उनको मृत्यु २६ जुन २००३ मा भएको थियो ।

 

क्रिस्टियन गोमेज : 

Argentine footballer Cristian Gomez dies after suffering suspected heart attack during game - Mirror Online

२७ वर्षीय फुटबलर क्रिस्टियन गोमेज एक खेलकोबीचमा बेहोस भए र उनको मृत्यु भयो । उनी एटलेटिको पराना क्लबबाट बोका युनिडोसविरूद्ध, २४ मे २०१५ खेल खेल्दै गर्दा उक्त घटना घटेको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?