मृत्युपछि पनि बढ्दै छन् सुशान्तका फलोअर्स, ९ मिलियनबाट पुगे १३ मिलियन

लोकपथ
221
Shares

काठमाडौं । भन्ने गरिएको छ नि, कोही मानिस मृत्युपछि पनि अमर हुने गर्दछन भनेर । हो,बलिउड अभिनेता सुशान्त सिंह राजपुत पनि त्यस्तै मानिस हुन जो मृत्यु पछि पनि आफ्ना करोडौं फ्यानहरुको मनमा बसेका छन ।

गत वर्ष जुन १४ अर्थात् आजकै दिन आफ्ना करोडौं फ्यान, आफ्नो परिवारलाई आँशुमा डुबाएर सुशान्त यस संसारबाट बिदा भएका थिए ।

मृत्यु पछि पनि सुशान्तको फलोअर्स घटेका छैनन् । जब सुशान्तको मृत्यु भएको थियो तब उनको इन्स्ट्राग्राममा ९ मिलियन फलोअर्स थिए ।

 

उनको मृत्यु भएको आज १ वर्ष पूरा भएको छ । आज उनको इन्स्ट्राग्राममा १३ मिलियन फलोअर्स रहेका छन् ।

आमाको नाममा थियो सुशान्तको अन्तीम पोष्ट :

सुशान्तले आफ्नो मृत्यु भन्दा ११ दिन पहिले आफ्नो अन्तीम पोष्ट गरेका थिए । उनले उक्त पोष्टमा
उनले आफ्नो आमालाई सम्झदै लेखेका थिए ‘आंसुओं से वाष्पित होता अतीत, मुस्कुराहट के एक आर्क को उकेरते सपने और एक क्षणभंगुर जीवन, दोनों के बीच बातचीत । वे अपनी मां के बहुत करीब थे ।’

सुशान्त १६ वर्षको हुँदा उनको आमाको मृत्यु भएको थियो ।

 

यो पनि पढ्नुहोस् : सुशान्त सिंह राजपुत : भौतिक रुपमा बिदा भए पनि बलिउडमा पुर्‍याएको योगदान सधै जीवित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?