सुशान्त सिंह राजपुत : भौतिक रुपमा बिदा भए पनि बलिउडमा पुर्‍याएको योगदान सधै जीवित

भन्ने गरिएको छ नि, कोही मानिस मृत्युपछि पनि अमर हुने गर्दछन भनेर । हो,बलिउड अभिनेता सुशान्त सिंह राजपुत पनि त्यस्तै मानिस हुन जो मृत्यु पछि पनि आफ्ना करोडौं फ्यानहरुको मनमा बसेका छन ।

गत वर्ष जुन १४ अर्थात् आजकै दिन आफ्ना करोडौं फ्यान, आफ्नो परिवारलाई आँशुमा डुबाएर सुशान्त यस संसारबाट बिदा भएका थिए ।

सुशान्तले ३४ वर्षको उमेरमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । सुशान्तको आत्महत्याको खबरले पुरै बलिउड शोकमा डुबेको थियो ।

Portraits in Sand and Song: How Artists Paid Tribute to Sushant Singh Rajput in Past Year

ड्रग्स लिने रहेछ, डिप्रेसनमा आएर आत्महत्या गर्यो, त्यस्तो सफल मानिसले कसरी आत्महत्या गर्न सक्छ ? यसमा उनको प्रेमिकाकै हात हुनुपर्छ भन्ने जस्ता टिप्पणी निकै सुनिए । धेरैको ठहर थियो,‘हत्या भएकै हो ।’

सुशान्तले ड्रग्स सेवन गर्ने गरेको उनको मृत्यु पछिको छानविनका क्रममा खुलेको थियो । उक्त छानविनका क्रममा बलिउडका धेरै स्टारको पनि संलग्नता रहेको खुलेको थियो ।

सुशान्तको आत्महत्यापछि बलिउडमा परिवारवाद र नातावादको चर्का आलोचना भएको थियो । त्यसो त, सुशान्त पनि परिवारवादको शिकार हुने पुगेको बताइएको छ ।

सुशान्तका दुई फ्यानले उनकै नाममा आत्महत्या गरेको खबर भारतीय मिडियाले उल्लेख गरेका थिए । महाराष्ट्रमा २० वर्षीया एक युवतीले आफ्नै घरमा डोरीले झुण्डिएर आत्महत्या गरिन ।

यस्तै बरेलीका अर्का एक युवकले सुशान्तको नाममा सुसाइड नोट लेख्दै आत्महत्या गरेका थिए । ती युवकले सुशान्तको आत्महत्याको समाचार टिभीमा देखेपछि सुसाइड नोटमा ‘सुशान्तले त आत्महत्या गर्न सक्छन भने म किन सक्दिन ?’ लेखेर आत्महत्या गरेका थिए ।

सुशान्तको बलिउड यात्रा :

सुशान्तले छोटो पर्दाबाट आफ्नो करियरको शुरुवात गरेका थिए । निकै कलिलो उमेरबाट नै अन्तरिक्षका बारेमा निकै कुराको ज्ञान राख्ने गर्थे सुशान्त । उनको सपना पनि अन्तरिक्षयात्री बन्ने थियो । उनले आफ्नो घरमा टेलिस्कोप राखेका थिए जसबाट अन्तरिक्ष देख्न सकिन्थ्यो ।

These Pictures Of Sushant Singh Rajput's House Are Proof That He Is A Dreamer! - DesiMartini

तर परिवारको दवाबका कारण उनले इन्जिनियरिङको पढाई गरेका थिए । इन्जिनियरिङ पढ्न उनी मुम्बई आएका थिए ।

इन्जिनियरिङको अन्तिम वर्ष हापेर बलिउडलाई नै उनले करियर बनाएका थिए । सुशान्तलाई स्टेनफोर्ड यूनिभर्सिटीबाट छात्रवृत्तीको लागि अफर समेत आएको थियो । तर बलिउड नै आफ्नो भविष्य हो भन्ने अडान समाइसकेका उनले पाइसकेको छात्रवृत्ति पनि अस्विकार गरेका थिए ।

बलिउडमा उनले पहिले टिभी शोबाट काम शुरु गरेका थिए र काम गर्दै जाँदा उनले निकै राम्रो सफलता हात परे । सुशान्तले केही हिट चलचित्र दिएका छन । कम चलचित्रमा काम गरेपनि उनले बलिउडमा बलियो स्थान बनाएका थिए ।

Sushant Singh Rajput's spirit speaks to paranormal expert Steve Huff; reveals details - IBTimes India

‘काइ पो चे’ फिल्मबाट सुशान्तले बलिउड प्रवेश गरेका थिए । ‘एम एस धोनी’, ‘पिके’, ‘अनटोल्ड स्टोरी’, ‘केदारनाथ,’ ‘छिछोरे’ आदि उनका सुपरहिट चलचित्र हुन ।

सुशान्तको निधन भएपछि उनका फ्यान र आफन्तले छानविन गर्न माग गर्दै आइरहेका छन ।

सुशान्त यस संसारबाट भौतिक रुपमा बिदा भएको एक वर्ष बितेको छ । उनले छोटो समयमा बलिउड क्षेत्रलाई पुर्‍याएका योगदान सधै जीवित रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?