गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै, जोगिएला पद ?

लोकपथ
260
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेश सभाबाट आज विश्वासको मत लिँदैछन् ।

आज मध्याह्न १२ बजे बोलाइएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन लागेका हुन् ।

राजीनामा दिएर संविधानको धारा १६८(३) बमोजिम पुनः मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले एक महिनामा विश्वासको मत लिन लागेका हुन् । गत वैशाख २९ गते बुधवार गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्ती गरेकी हुन् ।

पौडेलले गुरुङलाई नेपालको संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

यसैक्रममा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद तथा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका खेलकुदमन्त्री रहेका राजीव गुरूङ (दीपक मनाङे) ले सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

यससँगै गुरुङ नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?