काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ संसद विघटनविरुद्धको रिट सुनुवाइको लागि संवैधानिक इजलासमा परेका छन् ।
यसअघि गत फागुन २३ गते तत्कालिन नेकपा अलग-अलग गराएर एमाले र माओवादी केन्द्रलाई छुट्टयाउने फैसला सुनाएका थिए । त्यसै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासमा परेका अन्य न्यायाधीश भन्दा श्रेष्ठको चर्चा बढी भइरहेको छ ।
संवैधानिक इजलासमा श्रेष्ठसहित दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई तेजबहादुर केसी रहेका छन् ।
तत्कालिन नेकपाभित्रको विवाद चमरोत्कर्षमा पुगेको बेला श्रेष्ठसहित न्यायाधीश कुमार श्रेष्ठको निर्णयले पार्टी नै अलग अलग बन्न पुगेको थियो । फागुन २३ गतेका लागि संसद बैठक आह्वान गरिएको थियो । त्यहि बेला सर्वोच्चको अप्रत्यासित निर्णयले करिब २ वर्षदेखि एकता कायम गरी संयुक्त सरकार चलाईरहेको नेकपा छिन्नभिन्न हुन पुगेको थियो ।
न्याय क्षेत्रको अनुभवी मानिने श्रेष्ठ अहिलेको संवैधानिक इजलासमा रहनुलाई चासोका रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया