संसद विघटनको मुद्दा : आजबाट बहस शुरु, को-को छन् संवैधानिक इजलासमा ?

लोकपथ
210
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा अन्य ४ जना रहेका छन् ।

प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र वमकुमार श्रेष्ठ रहेको छ ।
जेठ ७ गते राति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेसँगै त्यसको विपक्षीमा ३० वटा रिट निवेदनहरु परेका छन् ।

त्यसमध्ये १९ वटा रिटको सुनुवाई बिहीवारबाट शुरु भएको थियो । प्रधानन्यायाधीशको एकल इजलासमा शुरु भएको बहस आजबाट संवैधानिक इजलासमा गरिने भन्दै रोकिएको थियो ।

आजबाट सबै रिटमाथि दफाबार छलफल हुने सर्वोच्चका सूचना अधिकारी देबेन्द्र ढकालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार हिजो १९ वटा रिटमध्ये केहिमा बहस भएको थियो । यद्यपी सबै रिटमा आजबाट पुनः छलफल हुने ढकालले जानकारी दिए । ‘हिजो केहि रिटमा बहस भएको थियो, यद्यपी आज पुनः संवैधानिक इजसलासमा सुनुवाई हुने छ ।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?