काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ ।
रिटमाथि बहसका लागि रिट निवेदकहरुलाई १० मिनेटको समय दिइएको छ ।
आज सुनुवाई शुरु हुने बित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् ।
जेठ ७ गते मध्यराती मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको विरुद्ध सर्वोच्चमा ३० वटा रिटहरु परेको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन् । तर राष्ट्रपति कार्यालयमा हस्ताक्षरसहित गएको दुवै पक्ष (ओली र देउवा) को दाबी नपुगेको भन्दै संसद विघटनको अनुमोदन गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया