हेर्नुहोस् आजका टप १५ हेडलाइन्स

लोकपथ
84
Shares

१. कोरोना संक्रमणबाट आज थप १ सय ६९ जनाको मृत्यु , एकैदिन थपिए ८ हजार ६ सय ३६ जना संक्रमित

२. ओली सरकारलाई कानुनी र राजनीतिक आन्दोलनबाट हटाउनु पर्नेमा पूर्व प्रधानमन्त्री नेपालको जोड, ओलीनै एमालेलाई छिन्न भिन्न पारेको नेता नेपालको आरोप

३.सभामुख सापकोटाद्वारा पूर्व सभामुखहरुसंग छलफल,प्रधानमन्त्रीले संसद विघटन गर्नु अपराधपूर्ण कदम भएको पूर्व सभामुखहरुको टिप्पणी ।

४. प्रतिनिधि सभा बिघटन विरुद्ध बिपक्षी दलहरुले दायर गरेको रिटमा सर्वाेच्चमा आज सुनुवाई भएन, रिट पेशीमा चढाइएन ।

५. चौतर्फी आलोचनापछि भीम रावलले हटाए नागरिकता विधेयकका विरुद्ध गरिएको ट्वीट,माफि माग्नुपर्ने मागसहित सामाजिक सञ्जालमा चर्को विरोध

. काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने स्थानमा कोरोना उपचार केन्द्र सञ्चालन गरिने,वाग्मती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट राखिने

७. कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड ऋण लिने, एशियाली विकास बैंकले दिने भयो १९ अर्ब २० करोड ।

८. प्रधानन्यायाधीश र प्रधानमन्त्री बीचको भेट शुभ संकेत नभएको डा. बाबुराम भट्टराईको भनाई, भेटको समाचार गलत भएको सर्वोच्चको प्रष्टोक्ति

९. अनुदानको अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर प्रचार गरेको भन्दै वनमन्त्री आलेको चर्को आलोचना, औषधिका प्याकेटमा समेत मन्त्रीकै फोटो

१०. नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि, १० जना कर्मचारी समेत संक्रमित,लक्षण भने देखिएन ।

११. प्यूठानमा आमा र छोराछोरी जंगलको एउटै रुखमा झुण्डिएको अवस्थामा फेला, हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई

१२. चालू आर्थिक वर्षको वैशाख सम्ममा नेपालमा हालसम्मकै सबैभन्दा धेरै मोबाइल आयात, १० महिनाको अवधिमा ३२ अर्ब नौ करोडको मोबाईल भित्रियो

१३. फोक्सोबाट कोरोना भाइरस हट्ने थेरापी पत्ता लागेको अष्ट्रेलियाली वैज्ञानिकको दावी, एन्टी भाइरल थेरापीबाट ९९दशमलव ९९ प्रतिशत भाइरस हट्ने

१४ .जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई ट्राभल एडभाईजरी जारी,राजदूतावासमा सम्पर्क राख्न अनुरोध ।

१५. नेपाली क्रिकेटर सन्दीप लामिछानेले ‘ट्रिनबागो नाईट राइडर्स’बाट ९ औं संस्करणको क्यारिबियन प्रिमियर लिग खेल्ने, खेल ‘अगस्ट २८’ देखि हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?