काठमाडौं । नेता भीम रावलले आफूले गरेको ट्वीट हटाएका छन् । नेता रावलले वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको भन्दै ट्वीट गरेका थिए । उनको उक्त ट्वीटको चौतर्फी आलोचना भएपछि ट्वीट हटाएका हुन् ।
यस्तो छ उनले हटाएका ट्वीट :
“विरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो । प्र. म केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकि रु नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !”

उनले पुरानो ट्वीट हटाउँदै लेखेका छन्, मैले विरगंजमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन । सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिँदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु।’
साथै नेता रावलको ट्वीटमा वीरगंजबाट निर्वाचित सांसद प्रदीप यादवले तपाईं जस्तो मान्छेले भ्रम फैलाउने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
संसद यादवले नेता रावललाई आक्रोश व्यक्त गर्दै भनेका छन् – “माननीय भीम रावल जी, तपाई त देश चिनेको नेता तर मधेश मात्र चिन्नु भएन। नागरिकको गरिमा बुझेर बोलेकोभए राम्रो हुन्थ्यो । म वीरगंजबाट निर्वाचित सांसद हुँ । वीरगंज अहिले कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना ले गर्दा यहाँको नागरिकको ज़्यान दैनिक रूपमा गईरहेको छ यहाँको अवस्था अत्यन्तै जटिलरभयावह छ । यहाँको नागरिक जीवन र मृत्युसँग जुधिरहेका छन् । र यहाँका स्थानीय प्रशासनले महिनौँ देखी निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय लगायात सबै कार्यालयहरू बन्द रहेको छ। सवै कार्यालय बन्द रहदा कुन कार्यालयबाट नागरिकता वितरण भईरहेको छ भिम रावल जी रु तपाईं जस्तो बौद्धिकता भएको मान्छे भ्रम फैलाउछ भने मलाई लागेको थिएन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया