काठमाडौं । कपिलवस्तुमा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका-१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले लोकपथलाई बताए ।
घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको डिएसपी भण्डारीले बताए ।
गएराती कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका थिए । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते भएका थिए ।
लु ९प ८५२१ नम्बरको मोटरसाइकलमा दिपक पाण्डेसहित ३ जना जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । उनीहरु सवार मोटरसाइकल मोहम्मद इसाद खानले चलाएका थिए ।
दिपक पाण्डेलाई युनिभर्सल मेडिकल कजेल भैरहवामा उपचार भएरहेको छ । उनको बाँया कोखामा र पेटमा गोली लागेको छ ।
यो पनि : कपिलवस्तुमा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया