कपिलवस्तुमा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार

लोकपथ
861
Shares

काठमाडौं । कपिलवस्तुमा माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार भएको छ । गएराती कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् ।

गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले लोकपथलाई बताए ।

लु  ९प ८५२१ नम्बरको मोटरसाइकलमा दिपक पाण्डे सहित ३ जना जर्लैयाखोला बाट तौलिहवातिर आउँदै थिए । उनीहरु सवार मोटरसाइकल मोहम्मद इसाद खानले चलाएका थिए ।

उनीहरुमाथि पछाडिबाट एउटा मोटरसाइकलमा आएका तीनजनाले गोली हानेर भागेका डिएसपी भण्डारीले जानकारी दिए । अयाजको बायाँ हातको कुममा गोली लागेको छ । उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ ।

दिपक पाण्डेलाई युनिभर्सल भेडिकल कजेल भैरहवामा राखि उपचार भएरहेको छ । उनको बाँया कोखामा र पेटमा गोली लागेको छ । हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको डिएसपी भण्डारीले बताए ।

‘गोली कसले चलायो भन्ने बारे अनुसन्धान गरिरहेका छौं । घाइतेहरुसँग कुराकानी गरिसकेका छौं । छिट्टै पक्राउ गर्ने छौँ ।’ डिएसपी भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?