कस्तो विडम्बना ! अन्तिम बिदाइमा पनि मुख हेर्न पाएनन्

काठमाडौं – भनिन्छ नि, जिउँदाको जन्ती र मर्दाको मलामी । तर अहिले मानिसले मानिससँगै भौतिक दूरी कायम गर्नु पर्ने अवस्था छ । कोरोनाका कारण मृत्यु भएका मानिसहरुको शव व्यवस्थापन गर्न कसैले सहयोग नगरेको र एक जनाले नै आर्यघाटसम्म गाडामा वा बोकेर आर्यघाटसम्म लगेका दृश्यहरु सामान्य बनिसकेको छ।

केही दिन अघि मात्रै पशुपतिनाथ मन्दिरमा कारुणिक दृश्य देखियो ।

तस्वीर : नभेष चित्रकार

एउटा गेट छ । गेटको पल्लोपट्टि शवहरुको लाम छ । गेटको ओल्लोपट्टि आफन्तहरु कोरोनाका कारण मृत्यु भएको नातेदारको अन्तिम बिदाइ गर्न बसेका छन् । शव व्यवस्थापन गर्ने सेनाको टोलीले शव लिएर आउछ । नाम भन्छ । फलानोको शव ।

तस्वीर : नभेष चित्रकार

कस्तो विडम्बना ! संसारबाट बिदाइको अन्तिम क्षणमा पनि मुख हेर्न पाएनन् । छुन पाएनन् । गेटको पल्लोपट्टि राखिएको शवमा गेटको ओल्लो पट्टिबाटै फूल चढाउँछन् । शवको व्यवस्थापन सेनाले गर्छ ।

तस्वीर : नभेष चित्रकार

यस्ता दृश्यहरूले केवल मुत्युको मात्र होइन मृतकबाट पनि त्रास पैदा गरिरहेका छन् ।

कोरोना संकमणका कारण ज्यान गुमाएकाहरुको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाका कारण कोही वरपर जादैँनन । के कोरोनाका कारण ज्यान गुमाएकाहरुको शवबाट कोरोना सर्छ ? मृतकको शरीरले कोभिड–१९ फैलाउन सक्छ ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन ? अनि शवलाई जलाउनु उचित कि गाड्नु ? हरकोहीको मनमा उठ्ने सवाल यही हो ।

यसो भन्छ डब्लुएचओ : 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड–१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन ।

यो रोग लगाउने भाइरस विशेषगरी मानिसले निकाल्ने थुक वा र्‍याल जस्ता छिटाहरूबाट सर्छ । बोलदा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन । भाइरस केही दिनसम्म जीवित रहन सक्छन ।

WHO director-general's six measures to fight pandemic - CGTN

आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन। अप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा अमेरिकन हेल्थ अर्गनाइजेशनका प्रवक्ता विलियम अडुक्रोले भनेका थिए ।

डब्लुएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा भनिएको छ, यदि महामारीयुक्त इन्फ्लुएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई पोष्टमार्टमका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ । अन्यथा शवबाट रोग सर्दैन ।

तर कडा खाले श्वासप्रश्वास सम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन् ।

कोरोनाभाइरस

पोष्टमार्टमका बेला ती भाइरस बाहिर आउन सक्छन् । त्यसमा प्रयोग भएका उपकरणमा पनि ती बस्न सक्छन् ।

कोभिड–१९ लागेर ज्यान गएकाका मृतकका आफन्त र साथीले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ ।

अन्तिम संस्कारमा को जाने को नजाने ?

डब्लुएचओले मृतकका आफन्त तथा साथीहरूले अन्तिम संस्कार हेर्न पाउने बताएको छ । यद्यपि उनीहरूले पनि केही नियम भने पालना गर्नुपर्ने हुन्छ ।

डब्लुएचओको निर्देशिकामा भनिएको छ, शवलाई चुम्बन गर्ने वा अन्य कुनै तरिकाले स्पर्श गर्नु हुदैन । शवको अन्तिम विदाई गरिसकेपछि साबुन पानीले हात धुनुपर्नेछ । शव हेर्नका लागि कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्नेछ ।

श्वासप्रश्वास सम्बन्धी लक्षण भएका ब्यक्तिले अन्तिम संस्कारमा सहभागी हुनुहुदैन । यदि अन्तिम संस्कारमा सहभागी हुनै पर्ने भएमा संक्रमण फैलिन नदिनका लागि मास्क लगाउनुपर्छ ।

कोरोनाभाइरस

बालबालिका, ६० वर्ष माथिका र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिले शवसँग सम्पर्कमा आउनु हुँदैन ।

नेपालमा आजको दिनसम्म कोरोनाका कारण ४ हजार ८ सय ५६ जनाले ज्यान गुमाएका छन । नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ७ सय ४० पुगेको छ । त्यस्तै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ ।

कोरोनाका कारण दैनिक २ सय बढीले ज्यान गुमाइरहेका छन । ८ हजारको हाराहारीमा संक्रमितहरु थपिईरहेका छन ।

तस्वीरहरु : बीबीसीबाट

लेखकबाट थप : कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापन गर्नै मुस्किल, पशुपति परिसरमा जे देखियो फोटोमा हेर्नुहोस्

         स्वास्थ्य क्षेत्र : आफैँ छ बिरामी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?