लकडाउनमा पनि विवाह त बाजा बजाएरै गर्ने हो !

लोकपथ
442
Shares

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन । भिडियो भारतको हो ।

कोरोना संक्रमणले सिकीस्त भएकाहरुको लागि समेत बेड र अक्सीजनको कमी भएको छ। कोरोना भाइरसको कारण भारतका धेरै राज्यहरूमा लकडाउन भइरहेको छ । मानिसहरू आफ्नो दैनिक काममा धेरै कठिनाईको सामना गरिरहेका छन्।

पसलहरू पनि केहि घण्टाको लागि खोलिन्छ। यस्तो अवस्थामा, विवाह गर्ने वा उनीहरूको घरमा हुने समारोहमा धेरै समस्या हुने गरेको छ । धेरै व्यक्तिहरूले विवाह स्थगित गरेका छन् । सरकारले यस्ता कार्यक्रममा थोरै मानिसहरुको मात्र सहभागिताको लागि नियम नै बनाएको छ ।

यहि समयमा, केहि व्यक्ति लकडाउनका बीच पनि धेरै मानिसहरु भेला पारी विवाह गर्दै छन्। अहिले भाइरल भइरहेको एक भिडियो पनि विवाहका बेलाको हो । लकडाउनकोबीच धुमधाम विवाह गर्ने आफ्नो ईच्छा यी दुलाहाले पूरा गरी छाडेका छन् ।

भिडियोमा दुलहा ब्यान्डबाजासहित मकैबारीको बीचबाट मुसुक्क हाँस्दै निस्कीएको देखिन्छ । प्रशासनको नियम अवज्ञा हुनसक्ने डरले र आफू कारवाहीमा पर्न सक्ने डरले उनले यस्तो अप्ठेरो बाटो रोजेका हुन् ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?