कोरोनालाई टक्कर : मास्कमाथि भएपनि लगाउने हो गहना !

लोकपथ
1.2k
Shares

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना लगाउने, भोज, नाच गान नै विवाहको प्रमुख आकर्षण हुन् ।

तर पछिल्लो समय गहना लगाउने भन्दा पनि देखाउने प्रचलन बढी हुन थालेको सर्वविदितै कुरा हो ।

यसैबीच, कोरोनाले आक्रान्त भारतबाट केहि हाँसो उठ्दा तस्वीर पनि सार्वजनिक भएका छन् ।

सरकारले विवाहमा धेरै मानिस नजान, भौतिक दूरी कायम गर्न आग्रह गरिरहेको छ । कोरोनाबाट बचाउन मास्कको प्रयोग बाहेकको विकल्प छैन।

भारतमा एक विवाहमा गएकी एक महिलाले मास्कमाथि आफ्ना गहना अनौठो तरिकाले लगाएकी छिन् । उनको यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । गुलाबी रंगको साडी लागाएकी महिलाले उनका सबै गहनाहरू लगाएकी देख्न सकिन्छ । उनलाई धेरैजनाले ‘राम्रो तरिका’ भनेका छन् त धेरैले ‘नाटक भयो’ भनेर टिप्पणी गरेका छन् ।

हेर्नुहोस् तस्वीर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?