भारतमा सिंहमा देखियो कोरोना

लोकपथ
312
Shares

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ करोड ५ लाख ३५ हजार ५ सय मानिस कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै विश्वभर ३२ लाख ८४ हजार ५ सय ९० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

यसैबीच भारतमा पहिलोपटक जनावरमा कोरोना पोजिटिभ फेला परेको छ ।

हैदराबादको नेहरू चिडियाखानामा रहेका ८ एसियाली सिंहमा कोरोना संक्रमण पाइएको हो । २९ अप्रिलमा ती सिंहहरुको पीसीआर टेष्ट गरिएकोमा पोजिटिभ रिपोर्ट आएको अधिकारीहरुलाई उधृत गर्दै नवभारत टाइम्सले खबर छापेको छ ।

चिडियाखानाका निर्देशक डाक्टर सिद्धानंद कुकरेतीले पनि सिंहहरुमा कोरोनाको लक्षण देखिएको स्वीकार गरेका छन् । तर उनले ती सिंहहरुको पीसीआर रिपोर्ट आधिकारिक रुपमा आउन भने बाँकी रहेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?