२०७८,बैशाख,२९,बुधबार

नक्कली परेला लगाउँदा आँखाको ज्योति गुमाईन् यी युवतीले !


काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ ।

सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी पार्लरमा गएर पनि तयार हुन्छन् । तर कहिले काँकी भने सुन्दरताको चक्करमा उनीहरुले सबै गुमाउँछन् ।यस्तै एउटा घटना ब्राजिलमा पनि भएको छ ।

ब्राजिलको पोर्टो वेलहोमा एक महिला नक्कली परेला हाल्नको लागि ब्यूटी पार्लरमा गइन् ।

एक रिपोर्टका अनुसार ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा उनको आँखामा परेला चिप्लिएर खस्यो र उनको एउटा आँखाले काम नै गर्न छोड्यो ।

नेपालमा पनि पातलो र छोटो परेला हुनेहरु युवतिहरु आईलेसेस (नक्कली परेला) लगाएर सुन्दर देख्न चाहन्छन् ।

सामाजिक सञ्जालमा केहीले त आफूलाई यो परेला प्रयोग गर्न नआएको भन्दै पनि भिडियो बनाईरहेका हुन्छन् । केहीले परेला टाँस्न प्रयोग हुने गम आँखामा परेको कुरा महिलाहरुको गोप्य ग्रुपहरुमा सेयर भइरहेको हुन्छ ।

यसर्थ यो घटनाबाट पाठ लिई आईलेसेस (नक्कली परेला) प्रयोग गर्दा सावधानी अपनाउने की !

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७८,बैशाख,२१,मंगलवार ०३:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५