घरमै बसेर नयाँ कपडा लगाउँदै टिभी हेर्नेलाई ४० हजारको जागिर !

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर सुनमा सुगन्धनै हुन्छ । तर एउटा कम्पनीले घरमै बसेर नयाँ कपडा लगाएर टिभी हेर्दै गर्नेलाई एक कम्पनीले ४० हजार रुपैयाँ स्यालरी दिने भएको छ । तपाई यदि यो जागिर खाने सोचमा हुनुहुन्छ भने छिटो गर्नुहोस् । यसको लागि १२ अक्टोबरसम्म आवेदन दिन सकिन्छ ।

यो जागिर बेलायतको एक लाउन्जवियर ब्रण्डको कम्पनीले दिन लागेको हो । यो कम्पनी घरमा नयाँ कपडा लगाएर टिभी हेर्नेलाई नेपाली ४० हजार रुपैयाँ स्यालरी दिनेछ । एक रिपोर्टका अनुसार बेलायतको लाउञ्जवियर ब्राण्ड पोर मोईले यस्तो जागिर दिन लागेको हो । कम्पनीको विज्ञापनका अनुसार कोहि पनि यो कम्पनीमा काम गर्न चाहान्छन् फार्म भर्न अनुरोध गरेको छ । उसले घरको सोफा वा बेडमा बसेर टिभी हेर्न पर्छ ।

उसले आफ्नो मनपर्ने टिभी शोको तीन वटा एपिसोड हेर्न पर्छ । सोफामा बसेर वाइनको ग्लास वा चकलेट ड्रिंक पिउनु पर्नेछ । साथै आफ्नो लागि चिया बनाएर वा केहि तातो बनाएर पिउनुपर्छ । थोरैमा १० मिनेटका लागि आफ्नो फोनमा सोसल मिडियामा टाइम दिनुपर्छ । जो यसमा चुनिन्छ, त्यसले थोरैमा १० घण्टासम्म यो ब्राण्डको कपडा लगाएर एक रिपोर्ट दिनुपर्ने र दिनमा के गर्ने भन्ने बारेमा बुझ्नुपर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?