१९ वर्षीया युवतीलाई बलात्कार गर्ने रेशम वनलाई सात वर्ष जेल

लोकपथ
0
Shares

बाग्लुङ । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले ७ वर्ष कैद सजाय फैसला सुनाएको छ ।

जिल्ला न्यायधीश वासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको हो ।

कैद सँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतीपूर्ती समेत दिनुपर्ने फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले जानकारी दिए ।

गत असार १७ गते एक युवतीलाई बलात्कार गरेको आरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?