काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ ।
पार्टी अध्यक्ष एवम् केपी शर्मा ओलीप्रति असन्तुष्ट बन्दै समानान्तर गतिविधि गर्दै आएको नेपाल–खनाल पक्षले अष्ठलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो ।
जसको सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाइँ रहेका छन् भने सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएको छ ।
त्यस्तै आज नै बागमती प्रदेशका बाँकी रहेका जिल्लाहरुमा नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ ।
यो पनि
बागमती प्रदेशको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिने नेपाल-खनाल पक्षको घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया