बागमतीका सबै जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने खनाल-नेपाल पक्षको तयारी, कुन जिल्लामा को ? (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले बागमती प्रदेशका सबै जिल्लाहरुमा समानान्तर कमिटी घोषणा गर्ने तयारी गरेको छ ।

काठमाडौंमा यसअघि नै वसन्त मानन्धरको अध्यक्षतामा कमिटी घोषणा गरिसकेको छ । त्यस्तै ललितपुरमा हरिकृष्ण थापा र श्याम शिलवाल मध्ये एकजना बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

त्यस्तै नुवाकोटमा नारायण प्रसाद खतिवडा, सिन्धुपाल्चोकमा झम्क नेपाल, मकवानपुरमा मनु सिग्देल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनको नाम आएको बताइएको छ ।

त्यसैगरी भक्तपुरमा धु्रव विस्ट, दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एक जनालाई छनोट गरिने स्रोतले जनाएको छ । यद्यपी रसुवा र धादिङको भने नाम आउन बाँकी रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका नेपाल-खनाल पक्षले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी दिएको छ ।

यो पनि

बागमती प्रदेशको जिम्मेवारी अष्टलक्ष्मी शाक्यलाई दिने नेपाल-खनाल पक्षको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?