काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको प्रष्ट पारेको छ ।
आज बसेको अनौपचारिक स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले आधिकारिक रुपमा पत्र लेख्न बाँकी रहेपनि सरकारलाई आफूहरुको समर्थन नरहेको प्रष्ट पारेका हुन् ।
‘यो सरकारलाई हाम्रो समर्थन छैन । आधिकारिक रुपमा पत्र लेख्न बाँकी छ । हामी केपी ओलीको सरकार विस्थापित बनाउन चाहान्छौ । हामीले औपचारिक रुपमा पत्र लेखेर पठाउने विषयमा अन्य सबै दलहरुसँग छलफल गरेर पत्र लेख्नेछौँ । अन्य दलहरुसँग छलफल गरिरहेका छौँ ।’ उनले भने ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले आफ्नो तरिकाले निर्णय गरेर आ(आफ्नो धारणा आएपछि आफूहरुले पनि पत्र लेख्ने बताए ।
यसैगरी आजको अनौपचारिक बैठक केहीदिनमा बोलाउन लागिएको स्थायी कमिटी बैठकको तयारीको तयारीका लागि बसेको समेत श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल साथै आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा नेताहरुबीच छलफल भएको छ । त्यसका साथसाथै देशभरको सांगठनिक संरचना कसरी अगाडी बढाउने, स्थगित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेलाको विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।
यो पनि
सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी, आफैँले निर्वाचन गराउने ओलीको दाउ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया