Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

शेयर बजार राताम्मे : २४ अंकको गिरावट

कमला अर्याल ९ चैत्र २०७७, सोमबार १५:५२
शेयर बजार राताम्मे : २४ अंकको गिरावट
शेयर गर्नुहोस् Facebook

काठमाडौं । सोमवार शेयर बजारमा २४.०८ अंकले गिरावट आई २५१४.३९ अंकमा आएर रोकिएको छ ।

केही दिन यता लगातार बढेको शेयर बजार सोमवार गिरावट आएको हो । सोमवार कुल ५ अर्ब ३५ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड ९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ ।

सोमवार  हाइड्रोपावर र होटेल तथा पर्यटन समूहमा बाहेक सबै समूहहरुको कारोबारमा गिरावट आएको छ । आज अपर तामाकोशीको मूल्य भने बढेर सर्किट लागेको छ ।

सोमवार २ सय ११ कम्पनीको कारोबार भएको छ । हाइड्रोपावर समूह १०१.७३ अंकले वृद्धि भएको छ । २ कम्पनीको मूल्य १०% ले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।