किन कालो कोट र सेतो शर्ट नै लगाउँछन् वकिल ?

काठमाडौं । तपाईले सधैँ वकीलले कालो कोट र सेतो शर्ट नै लगाएको देख्नु भएको होला । तर किन कालो कोर्ट र सेतो शर्ट नै लगाउँछन् त वकीलले ? यो कुरा तपाईले सोच्नु भएको पनि छैन होला ।

आज हामी तपाईलाई यसकै रहस्यको बारमो जानकारी गराउनेछौँ । यसको पछाडि एक ऐतिहासिक कारण छ ।

वकालतको शुरुवात वर्ष १३२७ मा एडवर्ड तृतीयले गरेका थिए । त्यस बेला ड्रेस कोडको आधारमा न्यायाधीशको भेषभूषा तयार पारिएको थियो । जज आफ्नो शीरमा कपाल भएको विग लगाउँथे ।

त्यस समय वकीलले चार भागमा विभाजन गरेका थिए । जसमा स्टूडेन्ट, प्लीडर, बेन्चर र ब्यारिस्टर । यी सबै जजलाई स्वागत गर्दथे ।

शुरुवाती समयमा अदालतमा रातो सुनौले रङको कपडाको प्रयोग गरिन्थ्यो । त्यसपछि १६३७ मा वकीलको भेषभूषामा परिवर्तन गरेर काउन्सीलले जनताको अनुरुपको कपडा लगाउन पर्ने नियम ल्याइयो ।

त्यसपछि वकीलले लामो गाउन लगाउन शुरु गरे । त्यो बेला यो कपडाले वकीललाई अन्य मानिस भन्दा फरक पहिचान गराउँथ्यो ।

१९९४ मा बेलायतकी महारानी क्वीन म्यारीको मृत्यु भयो । त्यसपछि राजा विलियम्सले सबै न्यायाधीश र वकीललाई सार्वजनिक रुपमा शोक मनाउनका लागि कालो गाउन लगाएर उपस्थित हुन आदेश दिए ।

त्यसपछि हालसम्म वकीलहरु यस्तो कपडा लगाउँछन् । आजको समयमा कालो कोट वकीलको पहिचान बनेको छ ।

अधिनियम १९६१ मा अदालतमा सेतो ब्याण्ड टाईको साथमा कालो कोट लगाउन अनिवार्य गराइयो । यसले वकीलहरुमा अनुशासन ल्याउने बताइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?