काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
केहिदिन अघि नेता पन्तले वलीप्रति लक्षित गरी गरेको टिकाटिप्पणीका विरुद्द आज वलीले जिल्ला अदालत काठमाडौंमा मानहानीको मुद्दा दायर गरेकी हुन् ।
राष्ट्रिय सभा सदस्य वलीले आफ्नो मानहानी भएको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा मुद्दा दायर गरेकी हुन् ।
नेता पन्तले फागुन १५ गते एक सार्वजनिक कार्यक्रममा बोल्दै नेकपामा धेरै त्याग गरेका नेताहरुले टिकट नपाएको तर कोमल वलीले पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद भएको भन्दै टिप्पणी गरेका थिए ।
‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ । नेता पन्तले भनेका थिए । जसको चौतर्फी विरोध भएको थियो ।
वलीले कुत्सित मानसिकता बोकी विपक्षीले आफूलाई विपक्षी बनाई समग्र महिलाहरुप्रति अपमान गरेको भन्दै उजुरी दिएकी हुन् ।
वलीले दायर गरेको उजुरीमा भनेकी छिन्, ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया