वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वामगठबन्धन बनाउनुपर्छ : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आगामी निर्वाचनमा पुनस् वाम गठबन्धन बनाउनुपर्ने धारणा राखेका छन् । आज मंगलवार सामाजिक सञ्जाल ट्वीटरमार्फत् रिजालले वामपन्थी जनमत विभाजित हुन नदिन फेरि वामगठबन्धन बनाउनुपर्ने धारणा राखेका हुन् ।

विगतमा निस्कृय रहेका पार्टी संरचनाहरूको पुनर्स्थापना गरी सञ्चालन गर्नुपर्ने एवं गत निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम सरकारले निरन्तरता पाउनुपर्ने रिजालले उल्लेख गरेका छन् ।

कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ, पारदर्शी र टिकाउ एकताका लागि नयँ सम्भावना र आधारहरूको खोजी निरन्तर गरिनुपर्ने भन्दै उनले कुनै न कुनै विन्दुमा एकता सम्भव भएको धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?