काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो संसदीय दलको बैठक बस्दै छ। दुई पार्टी एकीकरण भएर जसपा बनेपछि संयुक्त संसदीय दलको बैठक यसअघि बसेको थिएन।
आज मंगलवार दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकमा देशको पछिल्लो रानजीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । सर्वोच्च अदालतको पछिल्लो फैसलापछि देशको बदलिँदो राजनीतिक अवस्था तथा संसदमा कसरी प्रस्तुत हुने भन्ने लगायतका विषयमा छलफल हुने जसपाका नेता राजकिशोर यादवले जानकारी दिए ।
तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो। जसपाका ३४ जना सांसदमध्ये दुईजना निलम्बनमा छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया