“सबै कम्युनिष्ट शक्तिहरु सचेत होऔं”- नारायणकाजी श्रेष्ठ

काठमाडौँ- साविक नेपाल कम्युनिष्ट सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं पार्टी प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत हुन आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘दुई पार्टीहरुको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ-आफ्नो पुर्व पार्टीमा जाउ भनेर नेपालको सर्वोच्च अदालतले भन्यो।दुनियाले के भन्ला ? अझ मुख्य कुरा त ,यो राजनीतिक निर्णयको अर्थ ,सन्देश र परिणाम ज्यादै गम्भीर छ।’

आज आइतवार साँझ बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रचण्ड र माधव दुवै समूहका नेताहरू आफ्नो पूर्ववत पार्टी एमाले र माओवादीमा फर्किने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?