वामदेव गौतमको त्यो अनुमान जुन ठ्याक्कै मिल्यो (भिडियोसहित)

काठमाडाैं– साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले गरेको एउटा अनुमान अहिले ठ्याक्कै मेल खान गएको छ।

गत पुस २३ गतेको राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले नेकपाका दुई समूह एमाले र माओवादी केन्द्रलाई पूरानै अवस्थामा फर्काउन सक्ने बताएका थिए।

राष्ट्रिय सभा बैठकमा भनेका थिए, ‘नेकपा ऋषि कट्टेलको पक्षमा गयो भने नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्भवतः एउटा पक्ष नेकपा एमाले हुने होला, एउटा पक्ष नेकपा माओवादी केन्द्र भन्ने होला, र त्यस्तो भयो भने के होला भन्ने अवस्था यहाँ छदैछ।’

नभन्दै आइतवार सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओली र प्रचण्डको नेकपाले वैधता नपाउने निर्णय गरिदियो । साथै एमाले र माओवादी साविककै दल कायम हुने निर्णय सुनायो ।

आज आइतवार साँझ बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रचण्ड र माधव दुवै समूहका नेताहरू आफ्नो पूर्ववत पार्टी एमाले र माओवादीमा फर्किने निर्णय गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?