‘प्रचण्डजीको र मेरो पार्टी अलग भएपनि हाम्रो मन विशाल छ’- नेता नेपाल

काठमाडौँ- साविक नेकपाका नेता माधव कुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टी अलग भए पनि मन विशाल भएको बताएका छन् ।

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ, सहकार्य जारी रहन्छ ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए। सर्वोच्चको आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए ।

बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?