नेकपाको अन्तिम बैठकको निर्णय- ‘माधव पक्ष एमालेमै, प्रचण्ड पक्ष माओवादीमै’

काठमाडौँ- प्रचण्ड–माधव समूहले सोमवार बसेको स्थायी कमिटीको बैठक नेकपाकाे लागि अन्तिम भएको जनाएको छ।

पेरिसडाँडामा बसेको बैठकपछि पत्रकारसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘एमाले र माओवादी केन्द्र बन्ने नै भयो। नेकपाको अन्तिम बैठक हो यो।’ समूहले सर्वोच्च अदालतको आइतवारको फैसलामा गम्भीर असहमति प्रकट गरेको छ ।

श्रेष्ठले पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार आयोगले कार्यान्वयनको प्रक्रिया जसरी अघि बढाउँछ त्यही अनुसार हुने बताए । दुई पार्टीमा एकिकरणको पहल भएपनि तत्काल भने फरक फरक दलका रुपमा कार्य हुने जानकारी गराए।

बैठकले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर सर्वोच्चले राजनीतिक फैसला गरेको निष्कर्ष निकालेको छ।

यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएको थियो । यस्तै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज गर्दै अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?