माधव पक्षका नेताहरूको सुझाव- ‘सकेसम्म एकता, नभए अलग’

काठमाडौँ- दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा एमालेका नेताहरुले सकेसम्म पार्टी एकता जीवित राख्नुपर्ने सुझाव दिएका छन्।सोमवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका अधिकांश सदस्यले पार्टी एकता जोगाउन प्रचण्ड पक्ष ओली पक्षसँग मिल्न सुझाव दिएको हो।

नेता रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका छन् । समिति सदस्य पन्तले बैठकमा सकभर देशको विकास र सम्मृद्धिका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको भन्दै शीर्ष नेताहरुले त्यस्तो पहल गर्नुपर्ने धारणा राखेका हुन् ।

पूर्वएमालेका अधिकांश नेताहरुले सकेसम्म एकता गर्नुपर्नेमा जोड दिएका छन् । एकता सम्भव नभएको खण्डमा आफूहरू एमालेमै फर्किनुपर्ने धारणा उनीहरूले राखेका छन् ।

बैठकको बीचमै निस्किएका झलनाथ खनालले पनि एमाले एमाले र  माओवादी अलग अलग भएर जाने  र पार्टीभित्र संघर्ष गरिने तथा  सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए ।

नेपाल पक्षले त्यसअघि राजधानीको एक होटलमा बसेर नेकपा एमालेमै फर्किएर संघर्ष गर्ने निष्कर्ष निकालेको थियो।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?