एकता जोगाउन कोसिस गर्नुपर्छ- रघुजी पन्त

काठमाडौं- नेता रघुजी पन्तले अझैपनि नेकपा एकता जोगाउन प्रयास गर्नुपर्ने बताएका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षका स्थायी समिति सदस्य पन्तले  पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा सकभर देशको विकास र सम्मृद्धिका लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको भन्दै शीर्ष नेताहरुले त्यस्तो पहल गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, ‘नेकपा एकता जोगाउन सकिन्छ भने त्यसका लागि प्रचण्ड र केपी ओलीले फेरि प्रयास गर्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?