प्रचण्ड-नेपाल पक्षको बैठकबाट बाहिरिए घनश्याम भुसाल

काठमाडौं । प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठकबाट बीचमै स्थायी कमिटी सदस्य घनश्याम भुसालले बाहिरिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ४ बजेबाट प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु भएको थियो । तर बैठक शुरु भएको केहीबेरमा नै भुसाल बैठकबाट बाहिरिका हुन् ।

त्यस्तै भुसाल किन निस्किए भन्ने जानकारी आइसकेको छैन । उनले त्यसबारे प्रतिक्रिया दिन समेत इन्कार गरेको स्रोतले जनाएको छ । यद्यपी बैठक अहिलेपनि जारी नै रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे आइतवार सर्वोच्च अदालतले गरेको निर्णयबारे छलफल गर्न प्रचण्ड-नेपाल पक्षको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?